खण्ड ३.६ भ्रमरगीतको आलोकमा प्रेमलक्षणा भक्ति

Image for खण्ड ३.६    भ्रमरगीतको  आलोकमा प्रेमलक्षणा भक्ति

९.भ्रमर गीत

श्रीमद्भागवतको दशम स्कन्ध, सत्चालिसौं अध्याय

पृष्ठभूमिः
भ्रमर गीत अति महानिय भाव र लयको गीत हो, श्रीमद भागवतको। यसले गाउँले भनिएका गोपीहरुको ज्ञान पनि उजागर गर्छ।  यसको पृष्ठभुमी उद्दवजीको स्तुतिमा वर्णन गरिएको छ।  पुनः स्मरण गर्नु पर्ने विषय मात्र के हो भने, उद्धव गोपी वार्ताको क्रममा एउटा भवरा उडेर आउछ, एकजना गोपीले त्यै भवरालाइ सम्बोधन गर्दै उद्धवजी लाइ  परोक्ष रुपमा सुनाउछन कृष्णलाइ गरेको घुर्कीयुक्त प्रेम।

श्लोक र अर्थः 
गोप्युवाच
मधुप कितवबन्धो मा स्पृशाङ्घ्रिं सपत्न्याः
कुचविलुलितमालाकुङ्कुमश्मश्रुभिर्नः ।
वहतु मधुपतिस्तन्मानिनीनां प्रसादं
यदुसदसि विडम्ब्यं यस्य दूतस्त्वमीदृक् ।। १२ ।।
गोपीले भनिनः
(भवराको रातो रातो जुँगा कृष्णको केशर लागेको ठानेर) ए भवर! ओइ कपटीको साथी! मेरो खट्टा  न छो (छोलास नि मेरा खुट्टा !)  तेरो  त्यो जुँगा  नि हाम्री सौताको बक्षस्थलमा दलिएको कृष्णको वनामालाको कुमकुम लागेको छ।  तैं भवराको स्वामी (साथी ) कृष्णले नै (मथुराका) स्त्रीहरुको यो प्रसाद धारण गरुन।  हामीलाइ प्रसन्न गर्न   तँ  जस्तालाई  दुत वनाएर पठाउने (कृष्ण) यदु सभामा हास्यास्पद छन। 
सकृदधरसुधां स्वां मोहिनीं पाययित्वा
सुमनस इव सद्यस्तत्यजेऽस्मान् भवादृक् ।
परिचरति कथं तत्पादपद्मं नु पद्मा
ह्यपि बत हृतचेता ह्युत्तमःश्लोकजल्पैः ।। १३ ।।
(ए भवरा !) जसरि तैले फुल तुरुन्त छोड्छस, कृष्णले पनि मोहित पार्ने अधरामृत एक पटक पिलाएर हामीलाइ त्याग गरे।  यस्ताका चरणकमलको सेवा किन लक्ष्मी गरि रहन्छिन? उनि (लक्ष्मी)को मन पनि तिनका मिठा वचनले हर्यो होला (आसय हामी लक्ष्मी जस्ता झुक्किने हौँ र !)
किमिह बहु षडङ्घ्रे गायसि त्वं यदूना–
मधिपतिमगृहाणामग्रतो नः पुराणम् ।
विजयसखसखीनां गीयतां तत्प्रसङ्गः
क्षपितकुचरुजस्ते कल्पयन्तीष्टमिष्टाः ।। १४ ।।
(हामीलाई  खुशीपार्न भगवानको गान गर्छ, प्रसंसा गर्छ भन्ने भावमा ) ओइ छ खुट्टे(षडङ्घ्रे)! हामी घर विहिनका अगाडी किन वारम्वार यदुपति कृष्णको वारेमा गाउछस ? हामि उसलाई (कृष्ण लाइ ) राम्रो संग चिन्छौं।  अर्जुनसखा (कृष्ण)का जो सखी छन् नि (मथुरामा), जा तिनैका अगाडि गएर उसको (कृष्ण) प्रसंसा–गीत गा।  तिनीहरुले (ति मथुराका कृष्ण सखीहरुले) तैले जे माग्छस त्यै दिन्छन।  
दिवि भुवि च रसायां काः स्त्रियस्तद्दुरापाः
कपटरुचिरहासभ्रूविजृम्भस्य याः स्युः ।
चरणरज उपास्ते यस्य भूतिर्वयं का
अपि च कृपणपक्षे ह्युत्तमःश्लोकशब्दः ।। १५ ।।
छल गर्ने, सुन्दर हाँसोयुक्त आँखी भौं चलाउने यीनका लागि (कृष्णका लागि) स्वर्ग (दिवि), पृथ्वी (भुवि) र पाताल (रसायाम)  वस्ने कुन चै स्त्री दुर्लभ छन ! लक्ष्मीजीले पनि उनको चरणरजको सेवा पर्नु हुन्छ भने हामी त को हौँ र ! तर जो दिनहीन छन् उनका लागि त् उनि उत्तमश्लोक हुन् (स्मरण गर्ने, नामगान गर्नुपर्ने, भगवान) हुन्।  
विसृज शिरसि पादं वेद्म्यहं चाटुकारै–
रनुनयविदुषस्तेऽभ्येत्य दौत्यैर्मुकुन्दात् ।
स्वकृत इह विसृष्टापत्यपत्यन्यलोका
व्यसृजदकृतचेताः किं नु सन्धेयमस्मिन् ।। १६ ।।
(भावराले निहुरियाएर सुङ्घ्छ, गोपीहरु कल्पना गर्छन उद्धवजी उनीहरुका चरणमा पसेका छन , अथवा वुट्टा छेउमा आएर उनि सँग माफ माग्न लागेको कल्पना गर्दै ति गोपी भन्छिनः ) ओइ भवरा ! मेरो खुट्टा  वाट तेरो टाउको हटा ! मुकुन्द (कृष्ण) सँग  आएको दुतकर्म र मिठामिठा शव्दले उचाल्न निपूण (चाटुकार ) तेरो  चरित्र म जान्दछु।  तँ पनि ति कृष्ण जस्तै अविस्वासी छस––जुन कृष्णका लागि हामीले छोराछोरी पति र अरु सवैलाइ छोड्यौ।  हामीलाई त्याग्ने ति  वैगुनी-चंचल चित्त भएका (अकृतचेताः) सँग म किन सम्झौता गरौँ!
मृगयुरिव कपीन्द्रं विव्यधे लुब्धधर्मा
स्त्रियमकृत विरूपां स्त्रीजितः कामयानाम् ।
बलिमपि बलिमत्त्वावेष्टयद् ध्वाङ्क्षवद्–
यस्तदलमसितसख्यैर्दुस्त्यजस्तत्कथार्थः ।। १७ ।।
( भगवानका पुर्वकर्म सम्झिदै, डर लाग्छ भन्ने भावमा, भन्छिनः) क्रुर व्याधाले जस्तै (लुब्धधर्मा) वानरराज वालिलाइ मारे।  कामातुर भएर आएकी स्त्रीलाइ आफ्नो स्त्रीको वसमा परेर विरुप पारे (प्रसंग शुर्पणखाको नाक काटेको)  वलिवाट पुजिए, दान लिए, अनि उनै लाइ वाँधेर  पातालमा फ्याकी दिए।  त्यसैले यी कालु सँग को मित्रता पुग्यो अव (चाहिदैन) । (तर के गर्नु !) त्यै पनि उनका कथारुप अर्थ  त्याग गर्न असम्भव छ, दुस्कर छ (आसय––म छोड्न सक्दिन ) 
यदनुचरितलीलाकर्णपीयूषविप्रुट्–
सकृददनविधूतद्वन्द्वधर्मा विनष्टाः ।
सपदि गृहकुटुम्बं दीनमुत्सृज्य दीना
बहव इह विहङ्गा भिक्षुचर्यां चरन्ति ।। १८ ।।
जसका सधै हुने लीलाकथा रुपी कर्णामृत  अमृतको एक थोपा मात्र लिन्छन तिनीहरुको (राग–द्वेष, सुख–दुःख आदि) द्वन्दबाट मुक्ति हुन्छ।  र  अकिञ्चन भावमा तत्कालै घर परिवार त्याग गरेर भिक्षुजस्तै जीवन यापन गर्दै घुम्छन।  (भनेको कृष्ण कथाले आसक्ति र मोहको उन्मुलन गर्दछ ) . 

वयमृतमिव जिह्मव्याहृतं श्रद्दधानाः
कुलिकरुतमिवाज्ञाः कृष्णवध्वो हरिण्यः ।
ददृशुरसकृदेतत्तन्नखस्पर्शतीव्र–
स्मररुज उपमन्त्रिन् भण्यतामन्यवार्ता ।। १९ ।।
जसरि काला हरिणी शिकारीको मधुरगीत सत्य ठानेर उसको नजिक पुगेर शिकारीको वाण बाट दुख भोग्छन, त्यसरी नै हामी कृष्णका कुटील वचनलाइ सत्य मान्दै उनका चरणान्गुलीका नङ स्पर्श गरेर उसको वियोगको दुख भोग्दै छौं।  त्यसैले,(ए भवरा!) अव अरु कुनै कुरा गर (कृष्णको कुरा निकाल्यो भने विरह भाव आउछ भन्ने आसय )
प्रियसख पुनरागाः प्रेयसा प्रेषितः किं
वरय किमनुरुन्धे माननीयोऽसि मेऽङ्ग ।
नयसि कथमिहास्मान् दुस्त्यजद्वन्द्वपार्श्वं
सततमुरसि सौम्य श्रीर्वधूः साकमास्ते ।। २० ।।
(कतै उडेर गएको भवरा फेरी फर्के को देखेर ) ए कृष्णका साथी! प्रियात्तम कृष्णले पठाएर तिमि फेरी आयौ ? तिमी मेरो पुजनीय छौ, त्यसैले जे माग्नु छ माग (यदि तिमीले कृष्णको मा लान खोज्या हो भन्ने भाव)।  जो (कृष्ण) सँधै स्त्रीहरु सँग  (स्त्री युक्त) छन्, त्यस्ताका छेउमा हामीलाई कसरि लान्छौ ? हे सौम्य! जसको हृदयमा लक्ष्मी वस्छिन, तिनलाई हाम्रो के आवश्यकता छ।  
अपि बत मधुपुर्यामार्यपुत्रोऽधुनास्ते
स्मरति स पितृगेहान् सौम्य बन्धूंश्च गोपान् ।
क्वचिदपि स कथा नः किङ्करीणां गृणीते
भुजमगुरुसुगन्धं मूर्ध्न्यधास्यत् कदा नु ।। २१ ।।
(जव भवरा कानको छेउमा आएर घुरर गर्न थाल्यो, उद्धवजीले नै केहि भन्या हो कि भन्ने, कल्पना गर्दै, ति गोपी भन्छिनः ) हे सोम्य! हे उद्धवजी  कृष्ण मथुरामा वस्छन।  अहिले पनि उनले आफना पिता (नन्द) को घरवार सम्झिन्छन ? आफ्ना साथीहरु, गोपीहरुलाई सम्झिन्छन ? उनि हामी दासीहरुको कुरा गर्छन? उनले अगरु जस्तै सुगन्धित हात हाम्रो शिरमा फेरी राख्छन ((भनेको पहिलेको जस्तै हात शिरमा राखेर कृपा वर्षाउछन ?) 

संक्षिप्त व्याख्याः
यो गोपीहरुको अन्तिम स्तुति हो।  यो र यस अघिका स्तुतिहरु हेर्दा देखिने कुरा के हुन् भनेः गोपीहरुको निम्ति भगवानको स्वरुप सुन्दर छ, लीलायुक्त र मृदु हाँसो युक्त हुनुहुन्छ, अनन्त कल्याणकारी गुणयुक्त हुनुहुन्छ, आनन्दमयी गुणयुक्त हुनुहुन्छ, त्यसैले भगवान आफैमा आनन्दको स्वरुप हुनुहुन्छ।  उनीहरु भगवानलाइ देखे पछि आकर्षित हुन्छन। ति  काम्य भाव आजभोलि पर्दामा देखिने महिला/पुरुष  कलाकार प्रतिको आकर्षण जस्तै छ, तर सवैले कालाकारलाइ भेट्ने पर्छ भन्ने हुदैन दर्शकलाइ।  तर गोपीहरुलाई भेट्ने उत्कण्ठा हुन्छ।  अथवा उनीहरु सायुज्य भक्तिको अपेक्षा गर्दछन।  प्रेम, प्रेमको मुर्ति र उनिसंगको सामिप्य सहितको भक्ति (सायुज्य भक्ति) नै गोपी भक्ति हो।  त्यहि सायुज्य भक्तिको कारणले श्रीकृष्णको भगवत्ताको वारेमा ज्ञान हुदाँ हुँदै र तदनुरुप आराधना गर्दा गर्दै पनि उनीहरुमा मानविय व्यवहार देखिन्छ, त्यसैले उनीहरु गाली गरे जस्तो, आक्रोषयुक्त भए जस्तो, घुर्क्याएको जस्तो भावमा बोल्छन। यसै  स्तुतिमा हेरौंः श्लोक १७ मा उनीहरु परब्रह्म भगवानका वारेमा पूर्ण जानकार छन्, त्यसैले त भगवान श्रीकृष्णलाइ घुर्क्याएर गालि गरे जस्तो गर्दा भगवान श्रीराम र भगवान वामनलाइ पनि गालि गर्छन।  त्यसैले सुर्पणखाको नाककान काटेको प्रसंग र बालिवध जस्ता रामकथाका प्रसंग कोट्याउछन, र बालिबधको प्रसंगमा भगवानलाइ ’क्रुर व्याधा जस्ता’  (लुब्धधर्मा) भन्छन, वामनले आफ्ना परमभक्त बलिलाइ  सर्वस्व लिएर पनि पातालमा पाताकसेर पठाएको प्रसंग झिक्दै, तिमी (कालु) कृष्णको के भर भन्ने भाव व्यक्त गर्छन, अव यस्ता ’काले’को संगत गर्नु पर्या छैन भन्छन,  तर तल्लो श्लोक आएर यिनका कथा त्  छोड्न सकिन्न नि भन्ने भाव राख्छन।  यो भाव त अझ उच्चकोटीको छ। उनीहरु भन्छन, कृष्ण (भगवान) कथाले ) (राग–द्वेष आदि मानसिक) द्वन्द बाट मानिस हरु बिमुक्त हुन्छन र घर–गृहस्थी छोडेर भिक्षाटन गर्दै जीवन निर्वाह गर्छन।  यो  सुन्दा अलिक हेय भाव पो हो कि भन्ने भाव आउछ। कथाले उद्देश्यहीन भिखारी त् बनाउने होइन?   तर यहाँ ऐषणा (जस्तै इच्छा,मोह ) बाट मुक्त हुने भित्री भाव देखिन्छ। भागवतका परमश्रद्धेय टिकाकारहरुले यसको श्रोत श्रुति (वेद) हो भन्ने जिकिर गर्नु भएको छ. यथा:
 ते   ह स्म पुत्रैषणयाञ्च वित्तैणयाञ्च लोकैणयाञ्च 
व्युथायाथ भिक्षाचर्य चरन्ति (बृहदारण्यक उपनिषद्, ४ः४ः२२)
(अर्थात, पुर्ववर्ति विद्वान सन्तानको इच्छा गर्दैनथे, उनीहरु सोच्थे हामीलाई प्रजा किन चाहियो, त्यसैले पुत्रैषणा  वित्तैणणा  लोकैणणा  त्यागेर भिक्षाचर्या गर्दथे ) । यो श्रौत (श्रुति अथवा वेदजन्य ) भाव बाहेक टिकाकारहरुले पारमार्थिक अर्थ पनि दिनु भएको छ, यो श्लोकको, यथाः 
भगवान कृष्ण चरित्ररुपी  अमृत एकपटक आस्वादन (श्रवण) गरियो भने, हाँसको जस्तै सार र असारको विवेकमा निपूर्ण धीर   पुरुषहरु( स्त्री पनि ) त्यतिनै खेर गृह–कुटुम्ब छोडेर परमहंसता धारण गर्दछन।  त्यसैले गोपी भाव होः परमपुरुषार्थ स्वरुप भएका कारणले भगवानको कथा चै छोड्न सकिदैन।


दोश्रो श्लोकमा बढो सरल भावमा आलोचनात्म भावमा श्रीकृष्णमा परम पुरुष नारायण स्वरुपको दर्शन गराउछन गोपीहरु।   भवरा फुलमा वसेर जसरि मधुरस लिएर हराउछ्न, त्यसै गरि कृष्णले पनि हामीलाइ त्यागे भन्दै यस्तालाइ लक्ष्मीको सेवा किन प्राप्त छ भन्छन   अर्थात कृष्ण नारायण हुन् भन्ने अर्थमा उनीहरु लक्ष्मीलाइ कृष्ण संग जोड्न पुग्छन (हेर्नुस श्लोक १७) । अर्थात कृष्णलाइ समझदा कृष्णको आल्हादिनी शक्तिलाइ सम्झिन्छन उनीहरु।  गोपी हरुमा भगवानको भक्ति आल्हादिनी शक्ति बिना अपूर्ण हुन्छ भन्ने भाव छ । त्यसैले कृष्ण (नारायण ) को प्रसंग आउँदा लक्ष्मी प्रसंग आउँछ। भगवानको आराधना, स्मरण, यजन श्री तत्व विना अपूर्ण मानिन्छ।  अर्थात भगवान श्री तत्व सहित हुनुहुन्छ।  परम ज्ञानी गोपीको भाव भगवान शिवको उपदेश अनुरुप छ।  भगवान शिव पार्वतीलाइ भन्नु हुन्छः 
गौरतेजो विना यस्तु श्यामतेजस्समर्चयेत् ।
जपेद्वा ध्यायते वापि स भवेत् पातकी शिवे ।।(गोपाल सहस्रनाम स्तोत्र,  १७)
(अर्थात्, गौर/स्वेत वर्ण बिनाको श्याम (काला) वर्णको आराधना जप वा ध्यान गर्नेहरु पातकी हुन्छन। ) 
भगवान शिव भन्नु हुन्छ गोरी (श्रीतत्व जस्तै, लक्ष्मी, सीता, राधा/रुक्मिणी)  बिना श्यामवर्ण (अर्थात् नारायण, राम, कृष्ण ) को अर्चन, बन्दन अपूर्ण छ।  गोपीहरु त्यसैले वारम्बार लक्ष्मीको  स्मरण गर्दछन, कृष्ण प्रसंग आउँदा (गोपीका गीतमा इन्दिरा भन्छन, यहाँ पद्मा, श्री  भन्छन) । 

यस्ता गहिरा ब्रह्म चिन्तनयुक्त भाव यहाँ पर्याप्त छ शृंगारयुक्त शैलीमा।  अन्तिममा उनीहरु उद्धवजी लाइ लक्षित गर्दै भ्रमरलाइ भन्छन: के ति कृष्णले फेरी पनि तिनका अगरुको जस्तो सुगन्धमय हात हाम्रो शिरमाथी राख्लान भन्दै  भगवत कृपा हामी संग सधै रहीरहोस भन्ने इच्छा ब्यक्त गर्छन।  
काव्यात्मक शैलीमा, कामुक पो हुन कि जस्तो लाग्ने   गरी भगवानका चरण हृदयमा राख्ने कुरा गर्छन (हेर्नुस गोपिका गीत )। त्यै भावलाइ नारद अथवा ब्रह्माले गरेको स्तुति सरल र सोझो हुन्छ।    यस पहिले नै निबेदन गरि सकेको छु भगवानले उनीहरुको प्रेमयुक्त भक्तिको प्रशंसा गर्नु भएको छ (कुरुक्षेत्रको पुनर्मिलन प्रसंग हेर्नुस ) । भगवान त्यस्तालाइ मित्रवत् व्यवहार गर्नु हुन्छ।  मार्कण्डेय जस्ता परम ज्ञानी र भगवानको अनन्त कृपा भएका सिद्धहस्त ऋषि पनि भन्नु हुन्छः हजुरका भक्तहरुलाई मित्रको रुपमा भजनु हुन्छ।  यथाः 
...स्वस्यापथापि भजता मसि भावबन्धु (श्रीमद्भागवत १२ः८ः४० ) । त्यसैले भगवान गोपीहरुको मित्रवत व्यवहार युक्त भक्तिलाइ मित्र भावले ग्रहण गर्नुहुन्छ।  

यो स्तुतिपछि गोपी प्रसंग र प्रेमलक्षणा भक्तिचर्चा समाप्त हुन्छ।  यस पछि, शरणागति भक्ति सम्बन्धी स्तुतिहरुको चर्चा गरिने छ। 

Author: Krishna Upadhyaya