खण्ड ३.२ (गोपीकृत) बेणुगीतको आलोकमा प्रेमलक्षणा भक्ति

Image for खण्ड ३.२  (गोपीकृत) बेणुगीतको  आलोकमा प्रेमलक्षणा भक्ति

५.बेणुगीत गोपीकृत, श्रीमद्भागवत, दशम स्कन्ध, एक्काइसौँ अध्याय

पृष्ठभूमिःउद्धवजीले गर्नु भएको गोपीहरुको स्तुति पछि अव गोपीहरुले भगवानको गरेको स्तुतिहरुको चर्चा प्रारम्भ गरिन्छ।  यस क्रमको प्रथम हो वेणु गीत। 

यो स्तुतिको पृष्ठभुमि धेरै शृङ्गारयुक्त छ।  वृन्दावनमा वर्षाको समय छ।  मेघमाला पानी बर्षा गर्छन। धरा हराभरा हुन्छिन।  सुतिरहेका भ्यागुता मेघ गर्जन संगै गर्जिन थाल्छन।  धरा धनी देखिन्छिन, घाँस देखिन थाल्छन।  भगवान संग आकृष्ट भक्त सुन्दर देखिए जस्तै पानी परे पछि प्राणीहरु सुन्दर देखिन थाल्छन।  पूर्णता नभएका योगी अझै पनि सांसारिक आकर्षित वस्तु संग भइरहदा जसरि उद्विग्न हुन्छन, त्यसरी नै  भरिएका नदिहरु समुद्र छेउमा पुग्दा उत्ताउलो देखिन्छन, उद्विग्न देखिन्छन।  मायाले जीवलाइ आत्मदर्शन गर्न दिदैन, त्यसै गरि वादलले चन्द्रमा छोपी रहेको थियो।  जव वृन्दावनमा खजुर र जामुन पाके, श्रीहरि गाइ, ग्वाल–वाल र वलराम सहित वन प्रवेश गर्नु हुन्छ।  शुकदेवजी महानिय भावमा भन्नु हुन्छः 
एवं वनं तद् वर्षिष्ठं पक्वखर्जुरजम्बुमत् ।
गोगोपालैर्वृतो रन्तुं सबलः प्राविशद्धरिः ।। (श्रीमद्भागवत, १०ः२०ः२५ )

वनमा हरिका मन हर्ने लीला हुन्छन।  यसरि लीला गर्दा गर्दै शरद आउछ।  भक्तिले जीव शुद्ध भए जस्तै पानी शुद्ध भयो, हिलो हट्यो।  मेघ माला हटेर आकाश सफा भयो मानौ सवै कामना वाट मुक्त योगी शुद्द भएका छन्।  वेद मन्त्र पढ्दा पढ्दै योगीहरु शान्त बसे जस्तै उर्लादा भेल भएका नदीनालाहरु शान्त भएका थिए।  कृष्णलाइ यदुकुलका हरुले घेरे जस्तै चन्द्रमा खुल्ला आकाशमा ताराहरुवाट घेरिएका थिए।  गाउँ शहर तिर उत्सवै उत्सव हुन् थाले।  
जव वृन्दावनका तालहरु छंग देखिने स्वच्छ पानीले भरिए, तालका कमलवाट सुवाषित हावाले शितल छर्दै थियो, अच्युत गाई र ग्वाल सखासँगै वृन्दावन प्रवेश गर्नु भयो।  शुकदेवजीको भाषामाः 
इत्थं शरत्स्वच्छजलं पद्माकरसुगन्धिना ।
न्यविशद् वायुना वातं सगोगोपालकोऽच्युतः ।।(श्रीमद्भागवत, १०ः२१ः१)

वृन्दावनका ताल, नदी र पहाडहरुले फुलै फूलका वृक्ष घुम्ने उन्मुक्त मौरी र चराहरुको ध्वनि प्रतिध्वनित गरिरहे।  त्यै वेला मधुपति ग्वालवाल र वलराम सहित वन प्रवेश गरे र गाइ चराउदै आफनु  वंशी वजाउन थाले। त्यै वेला गोपीहरु कृष्णको वारेमा कुरा गर्न थाले तर उनका लीला सम्झेर मोहित र भावातिरेक भएर केहि बोल्न सकेनन।  कसरि सकुन पनि१ 
शिरमा मयुरको प्वाँख, कानमा (निलो) कर्णिकारको फुल, सुन जस्तै चम्किने पहेलो वस्त्र, वैजन्तिको माला लगाएर दिव्य नृत्यकारको जस्तै स्वरुपमा, अधरामृतले वाँसुरीको छिद्र हरुमा ध्वनि भर्दै, गोपहरुले घेरिएका र उनको गान गर्दैगरिएका, आफ्ना चरण चिन्हले वृन्दावन शोभायमान गर्दै (ति कृष्ण) वृन्दावन प्रवेश गरे।  यथाः 
बर्हापीडं नटवरवपुः कर्णयोः कर्णिकारं
बिभ्रद् वासः कनककपिशं वैजयन्तीं च मालाम् ।
रन्ध्रान् वेणोरधरसुधया पूरयन्गोपवृन्दै–
र्वृन्दारण्यं स्वपदरमणं प्राविशद् गीतकीर्तिः ।। (श्रीमद्भागवत, १०ः२१ः५)

कति सुन्दर छ स्वरुप १ कति दिव्य छ त्यो वाँसुरीको धुन१ 
सवैको हृदय छुने त्यो धुन सुनेर भावातिरेक गोपीहरु एक अर्कालाई अँगालो हाल्छन र त्यो वाँसुरीको कुरा गर्न थाल्छन।  यो स्तुति त्यसैको विषयमा हो। 

श्लोक र अर्थ:
श्रीगोप्य ऊचुः
अक्षण्वतां फलमिदं न परं विदामः
सख्यः पशूननु विवेशयतोर्वयस्यैः ।
वक्त्रं व्रजेशसुतयोरनवेणु जुष्टं
यैर्वा निपीतमनुरक्तकटाक्षमोक्षम् ।। ७ ।।
गोपी भन्छिन ः 
देखन सक्ने मानिस हरुको लागि यो भन्दा ठुलो फल के हुन्छ सक्छ, सखी हरु, जसले  उस्तै उमेरका साथीहरु सँग गाइ धपाउदै वन तिर लाग्दै गरेका नन्दजी ९व्रजेश० का पुत्रहरु ९कृष्ण र राम० को सुन्दर स्वरुप ९अनुहार० देख्दछन।  उनीहरुले हातमा वंशी लिएका छन र स्नेह पूर्ण कटाक्ष सहित व्रजवासी लाइ हेर्दछन।  

चूतप्रवालबर्हस्तबकोत्पलाब्ज–
मालानुपृक्तपरिधानविचित्रवेशौ ।
मध्ये विरेजतुरलं पशुपालगोष्ठ्यां
रङ्गे यथा नटवरौ क्व च गायमानौ ।। ८ ।।
(अर्की० गोपी भन्छिनः)
गलामा नया आँप पात, मयुरको प्वाँख, फूलका गुच्छा, कमलका माला लगाएका र पहेला वस्त्रमा विचित्र देखिने ९राम र कृष्ण० रङ्गमंचमा मूल गायक, अरु गायक भन्दा सुन्दर देखिए जस्तै, अति सुन्दर देखिन्छन।

गोप्यः किमाचरदयं कुशलं स्म वेणु–
र्दामोदराधरसुधामपि गोपिकानाम् ।
भुङ्क्ते स्वयं यदवशिष्टरसं ह्रदिन्यो
हृष्यत्त्वचोऽश्रु मुमुचुस्तरवो यथार्याः ।। ९ ।।
९यतिकै मा अर्की गोपीलाइ बंसीको स्मरण भयो, र भनिनः० यो वंसीले पनि के पुण्य प्राप्त गरको थियो होला, यसले गोपीहरुको भोग्य दामोदरको अधरामृत स्वछन्दतापुर्वक पिई रहेको छ, ९ त्यो अमृत अलिकति पनि न बच्ने  भयो भन्ने भाव० ।  जुन वृक्ष (अथवा वाँस) को कुलमा यो (वंसी ) जन्मियो उनीहरु पनि खुशीको आशुँ वगाई रहेका छन (जस्तो लाग्छ, देखिन्छ) । 
वृन्दावनं सखि भुवो वितनोति कीर्तिं
यद् देवकीसुतपदाम्बुजलब्धलक्ष्मि ।
गोविन्दवेणुमनु मत्तमयूरनृत्यं
प्रेक्ष्याद्रिसान्ववरतान्यसमस्तसत्त्वम् ।। १० ।।
 (अर्कीले भनिन०)
वृन्दावनको किर्ती त् स्वर्ग भन्दा अधिक छ (नि साथी ) किन भने यँहा देवकीपुत्रका युगल चरण सुशोभित छन (यद देवकी सुत पदाम्बुज लब्ध लक्ष्मी ), यहाँ गोविन्दको वंसी सुनेर मयुर पनि मत्त भएर नृत्य गर्छन ९गोविन्द वेणुमनुमत्त मयूर नृत्यम ०, अनि ९त्यति मात्र हो र साथी १० पहाड पर्वत माथी वस्ने अन्य जीवहरु पनि मस्त (मग्न )भएका छन्  (उनको वाँसुरीको धुनमा)

धन्याः स्म मूढगतयोऽपि हरिण्य एता
या नन्दनन्दनमुपात्तविचित्रवेशम् ।
आकर्ण्य वेणुरणितं सहकृष्णसाराः
पूजां दधुर्विरचितां प्रणयावलोकैः ।। ११ ।।
९अर्की गोपीले भनिन, हेरन साथी १० यो मुढ गतिमा भएको (पशु योनिमा भएको) हरिणी हरु कति धन्य छन् ९भाग्यमानी छन०, जो वेणुको धुन सुनेर विचित्रभेष धारी नन्दपुत्रहरुलाई आफ्ना पतिहरु सहित प्रेमपुर्वक नजर लगाउदै पुजा गर्छन ९प्रेम सहित मुग्ध भएर हेरे –––हरिणनयनाले कमल नयनालाइ१०

कृष्णं निरीक्ष्य वनितोत्सवरूपशीलं
श्रुत्वा च तत्क्वणितवेणुविविक्तगीतम् ।
देव्यो विमानगतयः स्मरनुन्नसारा
भ्रश्यत्प्रसूनकबरा मुमुहुर्विनीव्यः ।। १२ ।।
अर्की गोपी भन्छिन, (हाम्रो कुरा त् के, हेर न ) आफ्ना पतिहरु सँग विमानमा हिडदा देवांगना हरुले ९भगवान० कृष्णको त्यो दिव्य छटा देख्छन, वंशीको विचित्र धुन सुन्छन, र उनीहरु प्रेमावश ९फिदा भएर १० धेर्य हराउछन र कपालमा सिउरिएको फुल झर्छ, वस्त्रहरु पनि खुकुलो हुन्छन। 

गावश्च कृष्णमुखनिर्गतवेणुगीत–
पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः ।
शावाः स्नुतस्तनपयःकवलाः स्म तस्थु–
र्गोविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः ।। १३ ।।
(अर्की एउटी गोपीको आँखा गाईमा पुग्छ क्यारे, अनि भन्न थाल्छिन, साथी हो )  गाई हरुले पनि कृष्णको मुखले बजाएको वंशीको ध्वनि, आफ्नो कानलाइ दुनु जस्तै वनाएर पिउछन ९अर्थात गाईहरु पनि भगवानको वंशीको नादमा मग्न हुन्छन ०, वाछा हरु आमाको थुनबाट दुध पिउदा पिउदै टक्क अडिन्छन, र प्रेमले अश्रुपूर्ण भएका आँखाले गोविन्दलाइ आफुँ भित्र समाहित गर्छन र हृदयमा स्पर्श गर्छन ९आलिङ्गन गर्छन ०

प्रायो बताम्ब विहगा मुनयो वनेऽस्मिन्
कृष्णेक्षितं तदुदितं कलवेणुगीतम् ।
आरुह्य ये द्रुमभुजान् रुचिरप्रवालान्
शृण्वन्ति मीलितदृशो विगतान्यवाचः ।। १४ ।।
(अर्की एउटी गोपीले चरालाई हेरेर  थाल्छिन) यी वनमा जति चरा छन नि  ति पनि मुनि नै हुन।  तिनीहरु पल्लवित फलहीन रुखका हाँगामा वसेर दर्शनको आशाले मुरलीको धुन (अरु शब्दलाइ ध्यान न दिई) सुनीरहेका हुन्छन।  (भाव के हो भने मुनिहरु वेदरुपी वृक्षको हाँगा को अनुशरण गर्दै भगवानको कथा सुन्छन, यी चरा हरु पनि त्यस्तै हुन्)

नद्यस्तदा तदुपधार्य मुकुन्दगीत–
मावर्तलक्षितमनोभवभग्नवेगाः ।
आलिङ्गनस्थगितमूर्मिभुजैर्मुरारे–
र्गृह्णन्ति पादयुगलं कमलोपहाराः ।। १५ ।।
९एक जना गोपी सम्भवतः हावा चल्दा केहि वेर नदीको प्रवाह रोकिएको कल्पना गर्छिन, र भन्छिनः० मुकुन्दको वंसीको धुन सुन्दा नदिमा कामको संचार भयो (अर्थात, नदि कामातुर भइन र कृष्णलाइ चाहन थालिन) र उनको (गीत) प्रवाह रोकियो, र आफ्नो लहर स्वरुप हातले कमलका उपहार लिएर मुरारी (भगवान) का चरण कमल आलिंगन गर्दछिन।  

दृष्ट्वातपे व्रजपशून् सह रामगोपैः
सञ्चारयन्तमनु वेणुमुदीरयन्तम् ।
प्रेमप्रवृद्ध उदितः कुसुमावलीभिः
सख्युर्व्यधात् स्ववपुषाम्बुद आतपत्रम् ।। १६ ।।
(अर्की एउटीले भनिनः) ए साथी हेर त! यो घाममा वलराम र गोपहरु सँग वनमा गएर गाई चराउदै मुरली वजाउदै गरेका कृष्णलाइ गर्मी भएको देखेर आफ्ना मित्र (कृष्ण) माथि आएर मेघले फुल वर्साए जस्तै साना–साना थोपा वर्षा गरेर, छाता जस्तै भएर उभिए।  

पूर्णाः पुलिन्द्य उरुगायपदाब्जराग–
श्रीकुङ्कुमेन दयितास्तनमण्डितेन ।
तद्दर्शनस्मररुजस्तृणरूषितेन
लिम्पन्त्य आननकुचेषु जहुस्तदाधिम् ।। १७ ।।
(एकजना गोपीले भिलमहिलाको शरीरमा कुमकुम दलेको देखेर, उनि कल्पना गर्छिन )
भिल महिला लता हरुमा देखिएका कुमकुम धुलो देखेर काम भावले  पिडित हुन्छन। , कृष्णका चरण परेका यी कुमकुम धुलोले गोपी हरुको वक्षस्थलमा लागेको थियो।  जव भिल महिला वृक्षमा लागेको कुमकुम आफ्नो मुख र बक्षस्थलमा घस्छन, उनि हरुको काम भाव शान्त हुन्छ।  

हन्तायमद्रिरबला हरिदासवर्यो
यद् रामकृष्णचरणस्परशप्रमोदः ।
मानं तनोति सहगोगणयोस्तयोर्यत्
पानीयसूयवसकन्दरकन्दमूलैः ।। १८ ।।
साथी (सुन न ) यो गोवर्धन पर्वत पनि हरिदास (भक्त) हरुमा श्रेष्ठ छ, किन भने यो पर्वत पनि राम र कृष्णको चरण स्पर्श गरेर  आनन्दयुक्त हुन्छ (रोमाञ्चित हुन्छ) र गाई र गोपाल सहित भगवान आफुमाथि आएको बेलामा जल, कोमल घाँस÷पात, गुफा र कन्द मूल आदि द्वारा सम्मान गर्दछन  (अर्पण गर्दछन )।  

गा गोपकैरनुवनं नयतोरुदार–
वेणुस्वनैः कलपदैस्तनुभृत्सु सख्यः ।
अस्पन्दनं गतिमतां पुलकस्तरुणां
निर्योगपाशकृतलक्षणयोर्विचित्रम् ।। १९ ।।
कस्तो अचम्म के साथी ९अर्को एक जना भन्छिन० जव गाइ दुहुने वेलामा डोरी लिएर (राम र कृष्ण ) गोपहरु सँग गाई चराउदै र वाँसुरी वजाउदै डुल्छन, त्यतिखेर गतिमान पशुपक्षी गतिहीन हुन्छन, र (स्थिर) रुखपात हरु पल्लवित हुन्छन।  

संक्षिप्त व्याख्याः
अगाडिनै गोपीहरुको जगत बर्णन गर्ने क्रममा भनियो, गोपीहरुको सिंगो जगत भनेको वृन्दावन हो, त्यो उनीहरुको लागि सवै थोक कृष्णमय छ, उनीहरुको हृदय जस्तै।  हेर्दा प्राकृत प्रेम वा प्राकृत काम भाव जस्तो सरल भावमा उनीहरु भगवान कृष्णको चिन्तन गर्छन।  
सुन्दर स्वरुपका ९वल०राम र कृष्ण गाइ चराउन मित्र हरुसँग बन तिर जाँदा देखेको अनुपम दृश्यले आकर्षित गोपीगण हरुको भाव हो यो वंशी गीत।  तिनीहरुको कटाक्ष दृष्टि उनीहरुलाई विशेष महत्वपूर्ण लाग्छ, र गोपालहरुद्वार घेरिएका ति दाजु–भाइ कुनै पनि दृष्टियुक्त जीवकोलागि आनन्दको अनुभवहुने भाव ब्यक्त गर्छन गोपीहरु।   गलामा नया आँप पात, मयुरको प्वाँख, फूलका गुच्छा, कमलका माला लगाएका र पहेला वस्त्रमा विचित्र देखिने भगवानका स्वरुप वर्णन गर्दा गर्दै कृष्णको वंशीको वारेमा चर्चा गर्न थाल्छन गोपीहरु।  त्यै वंशी प्रति उनीहरु अलिकति डाहको भाव राख्छन, गोपीहरुलाइ प्राप्त हुने अधरामृत त् त्यो वंशीले पो पीइरहेको छ !! 

वृन्दावन धन्य छन् कृष्णको कारणले लक्ष्मीको वास छ, बंशीको नादमा मयुर हरु नाच्छन, भन्ने भाव ब्यक्त गर्दा गर्दै, गोपी हरु भन्छनः पशुयोनी मै जन्मे पनि हरिणीहरु भाग्याशालिनी छन् किन भने उनीहरु  पति सहित उभिएर प्रेमपूर्ण नयनले कृष्णको  पुजा गर्छन, विमानमा उड्ने देवाङ्गानाहरु पनि प्रेमातिरेक हुन्छन र कपालको फुल झरेको र वस्त्र खुकुलो भएको सुद्दी हुदैन, गाईहरु मधुर वेणुध्वनि आस्वादन गर्दछन, मुनिहरुले ध्यान गरेको भावमा चराहरु एक्कोहोरो वेणु धुन सुनी रहन्छन, नदी पनि काम भावमा आएर आफ्नो प्रवाह रोक्छिन, कृष्ण र वलरामलाइ गर्मि भएको देखेर मेघले पनि हलुका वृष्टि गराउछन, अरु कुरा त के गर्नु स्वयम् गोवर्धन पर्वत पनि सव भन्दा ठुलो भक्त भए भगवानका किन भने त्यहाँ पुग्दा कन्द, फलादिले पर्वतले भगवानको सेवा गर्छन।  त्यति मात्र कहाँ हो र (गोपी हरु भन्छन), वंशीको धुनमा पल्लावित पात शान्त हुन्छन, र स्थिर जति गतिमान हुन् थाल्छन।  

निश्छल, सरल गोपीहरु देख्दा सरल, प्राकृत प्रेम र काम भावमा देखिए पनि यिनीहरु सरल भावमा गहिरो विषयको चर्चा गरिरहेका छन्।  हरेक विषय कृष्ण जनित देख्नु उनीहरुको भक्ति स्वरुप हो।  उनिहरु सरल देखिए पनि वेदज्ञ छन्।  उनीहरु जसरि भगवान कृष्णको चर्चा गरि रहेका छन्, अरु ग्रन्थ/कृति र सन्तहरुले सरल भाव मा वुजाए जस्तै होः यो जगत कृष्णमय, राममय, विष्णुमय, ब्रहममय छ।  वेदको उद्घोष छः
जड–चेतन प्राणी युक्त यो समस्त सृष्टि परमात्मा द्वारा व्याप्त छ।  यथाः 
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।(इशावास्योपनिषद, १) 
विष्णुपञ्जर स्तोत्रमा यसैलाई व्याख्यात्मक रुपमा प्रस्तुत भएको छ, यथाः 
जले विष्णुः थले विष्णुः विष्णुः पर्वत मस्तके। ज्वाला माला कुले विष्णुः सर्वे विष्णुमयं जगत् ।।
गोस्वामी तुलसीदासले अझ सरल भाव र भाषामा यसै पक्षलाइ प्रस्तुत गर्नु हुन्छः  
।।।सिया राममय सब जग जानी। करउँ प्रनाम जोरि जुग पानी।। (वालकाण्ड ८, राम चरित मानस)
त्यसैले भक्तिको चर्चा गर्दा उनीहरु सर्वोत्तम भक्त/भागवत मा गनिन्छन (हेर्नुस, यस अघि प्रकाशित भक्ति सम्बन्धी चर्चा)।  सर्वोत्तम भक्त/भागवत तिनीहरु हुन् जसले इन्द्रिय द्वारा अनुभूत सवै विष्णुमय देख्छन र न द्वेष न आनन्दको भाव राख्दछन। यथाः   
गृहीत्वापीन्द्रियैरर्थान्यो न द्वेष्टि न हृष्यति ।
विष्णोर्मायामिदं पश्यन्स वै भागवतोत्तमः ।। (श्रीमद्भागवत ११ः२ः४८)

त्यसैले भगवान सँग प्रितीभाव राख्ने गोपीहरुले भगवान कृष्ण र कृष्णको वंशीसँग उनीहरुका वरिपरिका सवैमा वंशीको प्रभाव देख्नु त्यो भगवानको सर्व व्यापकता देख्नु नै हो।  उनीहरुको ज्ञान, तपस्या, धर्म र गतिनै तिनै वासुदेव कृष्ण हुन।  महर्षी वेदब्यास त्यै त भन्नु हुन्छ हामी सवैलाई पनिः 
वासुदेवपरं ज्ञानं वासुदेवपरं तपः ।
वासुदेवपरो धर्मो वासुदेवपरा गतिः ।। (श्रीमद्भागवत, १ः२ः२९)

Author: Krishna Upadhyaya