आचार्य कृष्ण दमाइको वारेमा  देखिएका प्रतिक्रियाको बारेमा।

आचार्य कृष्ण दमाइको वारेमा देखिएका प्रतिक्रियाको बारेमा।

आचार्य कृष्ण दमाइको वारेमा देखिएका प्रतिक्रियाको बारेमा।
 
१. वहाँ कोटिहोममा मन्चस्थ हुँदाका यो चित्र अति धेरै चर्चामा छ। कोहि कोहि भने अति मौनी छन, बोलेका छैनन, तिनको आसय बुझिन्छ। भित्र वाट सहजभावले ग्रहण गर्न सकिरहेका छैनन।
१. धेरै जसो प्रसन्न चित्त देखिन्छन। उनिहरु ती श्रेणीका ब्यक्तीहरु हुनु पर्छ- जस्ले भन्छन: न त म क्षत्रीय राजा हो, न त म ब्राह्मण हो, न त सन्यासी हो, म त मात्र भगवानको दाशानुदास हो। अथवा हाम्रो जात हुदैन, हाम्रो जात भगवानका भक्त मात्र भन्ने भाव। अथवा ती मानिसहरु ती हुन जस्ले "सर्वम विष्णुमयम जगत" ( "सारा जग राममय..")को भाव राख्दछन।
२. यस्ता भाव वाट पर तर समानताको कोणवाट हेर्नेहरु मध्य केही स्वयम् आचार्य कृष्ण दमाईले पनि "गुरु"हरु प्रती सम्मान ब्यक्त गरेको मन नपरेको भनेका छन, अथवा वहाँलाई सम्मान गरेको कुरा झिक्दै "शास्त्रहरु बिभेद्पुर्ण भएको" पक्षलाई व्याख्या गर्दै छन, कोही "स्टन्ट" हो भनी रहेका छन।
तर स्वयम् आचार्य कृष्ण दमाई महाराजले वेदको ऋचाको उल्लेख गर्दै सवै जात भगवानको अलग अलग अङ्ग वाट आएको र ती सवै दाजु भाइ हुन, भनेर भनी रहेको हेरिइरहदा त्यो ऋचाको वारेमा मलाई पनि एउटा भाव आउछ। भगवानका जुन चरणवाट शुद्रवर्णको उद्भव भयो भनिएको छ, आस्थावान सवैले त्यसैको स्मरण गर्छन, बन्दन गर्छन, ढोगछन, त्यसैको शरण पर्छन। त्यसैले आस्थावान हरुले त्यहावाट उद्भवहुनेलाई हेयभाव राख्नु पर्ने कारण देखिदैन, अपितु सम्मान गरिनु पर्छ। आचार्य कृष्ण दमाई कोटीहोममा मन्चस्थ देख्दा त्यसैले आनन्दको भाव आउँछ। यो अशास्त्रीय भनेर देख्ने हरुले कसरी कहिले शास्त्रले दाशीपुत्र विदुरलाइ विभेद गर्यो (दुर्योधन जस्ताको कुरा अर्कै हो) र उत्तर पौराणिक कालमा कुन गुरु परम्पराका मुर्धन्य आचार्य हरुले विभेद गर्नु भयो भनेर देखाउनु पर्यो। (मैले त बरु सम्मान गरेको उदाहरण पढेको छु)।
३.समानताको वारेमा चिन्तन गर्ने केही (आस्थावान वा अनास्थावावान) हरुले यो दृश्यलाई देखेर खुशी त भए तर दुइटा प्रश्न राखे। एकथरिले भने, यो दृश्य आफैमा सुन्दर हो तर कुनै जातलाई दलित भनेर चिनाई राखियो भने विभेद हटाउन मुस्किल पर्छ। अर्को तर्क पनि आयो, त्यो तर्कले भन्यो आचार्य कृष्ण महाराज भन्दा त्यो जातको पण्डितलाई सम्मान गरेको देखिदैन वा त्यस्तो अर्थ लाग्दैन। आसय के हो भने वहालाई आचार्य कृष्ण दमाई महाराज भन्नू उपयुुक्त हुन्छ।
दुवै तर्क, समानता र समभाव बाट आएको भए पनि, अहिलेको नेपाल हेर्दा, दोश्रो तर्क सबल देखिन्छ। यस्लाइ लन्डन र न्युयोर्कमा रङ्गचर्म लाई गरिने अबिभेदलाई यस्को अन्तर्य बाट हेरे जस्तै हो (मलाई मन पर्ने दुइटा सहर हेर्दा आएको भाव हो)। यी दुवै ठाउँमा विभेद छैन। तर एउटा चिज फरक छ। न्युयोर्कमा प्रायस: मानिसहरु त्यहाँका सवैलाई "अमेरिकी" हुन भन्ने भाव राख्छन, त्यसैले भेद गर्दैनन। लन्डनमा प्राय रङ्गचर्मीलाई बाहिरको नै भन्ने ठान्छन, तर पनि विभेद गर्दैनन। पहिलो प्रकार inclusive छ सवै एउटै हो भन्ठान्छ बिभेद गर्दैन, दोश्रो प्रकारको exclusive छ, फरक हो भन्ने देख्छ, तर सम्मान गर्छ। फरक हो भन्ने बुझ्ने र फरकताको सम्मान गर्दै विभेद नगर्नु अझ सुन्दर पक्ष हो। यस्को थप सन्देश चै फरक भयो भन्दैमा विभेद नगर है भन्ने हुन्छ। त्यसैले आचार्य कृष्ण दमाइको जात थाह हुँदा हुँदै सम्मान दर्शाउनु र अविभेदको सन्देश जानू र कोटीहोममा आउने तप्काले स्विकारोक्तिको ताली वजाउनु अत्यन्त महनीय दृश्य हो। यस्ले फरक लागे पनि समान व्यवहार गर्नु पर्छ भन्ने देखाउछ र अन्तत: हामी सवै नेपाली हौ कसैलाइ विभेद गर्नु हुदैन भन्ने (न्युयोर्कको जस्तो ) भावभुमीमा पुर्याउछ।
४. यो सुन्दर दृष्यको लागि आचार्य कृष्ण दमाईलाई र वहाँको श्रम, संघर्ष र संकल्पलाई नमन, वहाँका गुरुहरुलाई नमन, नेपाल लाई नमन, कोटिहोमलाई नमन! अनि नमन कोटीहोमका पण्डालमा वसेर आचार्य कृष्ण दमाईलाई तालीले अभिवादन गर्ने सवै सुन्दर र आस्थावान मन हरुलाई।